नगर प्रमुख खरेल कोरोनामुक्त

everest kitchen

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन । कोरोना सङ्क्रमण भएपछि उनी सेल्फ होम आइशोलेशन बसेका थिए ।

सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताए । घरमै आइसोलेसनमा रहदा डाक्टरको सल्लाह अनुसार केहि घरेलु उपचार गरेको प्रमुख खरेल बताए ।

आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्याक्ट ट्रेसिङमा परेका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो । कोरोनामुक्त भएसँगै आजदेखि कार्यालयका काममा फर्किने उनले जानकारी दिए ।