बझाङका कम्युनिस्ट आन्दोलनका अगुवा नेता धन बहादुर मल्लको निधन

everest kitchen

समीर मल्ल । बझाङ जिल्लाका कम्युनिस्ट आन्दोलनका एक कुशल योद्धा धन बहादुर मल्लको आज विहान निधन भएको छ । जनयुद्ध बझाङका जननी मल्ल लामो समय देखि मृगौला रोग बाट ग्रस्त भई धनगडी स्थित सारथी हस्पिटलमा उपचारत थिए ।

उपचारको क्रममा आज विहान अस्पतालमै मृत्यु भएको पारीवारिक स्रोतले जनाएको छ । लामो समय देखि कम्युनिष्ट आन्दोलनमा सहभागि मल्ल आर्थिक र कृषि क्रान्तीका लागी प्रेरणाको स्रोत भएको उनका सहपाटीहरु बताउछन । कम्युनिष्ट पार्टीका कुशल सङ्गठक मल्लको हक्की र स्पष्टवक्ता स्वभावलाई धेरैले मन पराउँथे । जीवनभर सामाजिक क्षेत्रमा सक्रिय उनले तत्कालीन नेकपा (एमाले) बाट २०४७ सालमा कम्युनिष्ट आन्दोलनमा होमिएका थिए ।

आन्दोलनका क्रममा २०५४ साल तिर तत्कालीन विद्रोही भनिएको नेकपा माओवादीमा सक्रिय उनी १२ पटक गिरप्तार भएका थिए । घरमा आएर सरकारपक्षले बेला बेलामा दुख दिन थाले पछि देशको आमुल परिर्वतनका लागी र बर्गा संघर्षका लागी जनपक्षिय राज्य शासन प्रणलीका लागी भन्दै २०५७ सालमा भुमिगत भएका थिए । त्यसयता उनको सम्पुर्ण परिवार नै कम्युनिष्ट आन्दोलनमै सक्रिय छन ।

उनका छोरी देवकी मल्ल नेकपा बाट विजयी भई सुदुरपश्चिम प्रदेश सभा सदस्य छिन । उनले लामो समय माओवादी आन्दोलनमा होमिएका मल्ल तत्कालीन अवस्थाको माओवादी टुक्रिदै गए पछि हाल उनी नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समुहको सेती महाकाली मुक्ती मोर्चाको ईन्चार्ज थिए ।