बूढीगण्डकी परियोजनामा घुस लिएको भन्ने भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार : प्रधानमन्त्री

everest kitchen

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत परियोजनामा घुस लिएको भन्ने अभिव्यक्ति गैरजिम्मेवार भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन ।

आज नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस समारोहमा प्रधानमन्त्री ओलीले ‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ नभएको त्यो हुन्छ या हुँदैन। कसले गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेत यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु, ।यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो। हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौं।’ ओलीले भने ।

केहि दिन अघि गोरखामा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजनामा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर कमिसन खाएको आरोप लगाउनु भएको थियो ।