भक्तपुरमा ४ हजार १ सय १ जनामा कोभिड पुष्टि, ४६ जनाको निधन

everest kitchen

 

भक्तपुर । हालसम्म भक्तपुरमा ४ हजार १ सय १ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । त्यसैगरि कोरोना भाइरसको संक्रमणबाट शुक्रबारसम्ममा ४६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

अहिलेसम्म संक्रमित मध्ये २ हजार १ सय ३७ जना डिस्चार्ज भैसकेका छन । भक्तपुरमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ९ सय १८ रहेको छ ।त्यस्तै नेपालभर हालसम्म संक्रमितको सङ्ख्या १ लाख २६ हजार १३७ पुगेको छ । यो सङ्ख्या दैनिक ३ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।

यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३७ हजार ३८२ जना रहेका छन भने निको हुने ८८ हजार ४० जना पुगेका छन । त्यस्तै हालसम्म नेपालमा ७ सय १५ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा २१ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।