सांसद तथा नेता भिम रावलले दशैँको भत्ता नलिने

everest kitchen

काठमाडौं । देशभर कोरोना महामारीको संकटमा गुज्रिरहेको बेलामा पनि दशैं भत्ता लिएको भनी सर्वत्र आलोचना र विरोध हुन थालेपछि सांसदहरुले भत्ता नलिने घोषणा गर्न थालेका छन् ।

सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावलले दशैँको भत्ता नलिने घोषणा गर्नुभएको छ । नेता रावलले आफ्नो खातामा भत्ताको रकम आएको तर मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ भन्नुहुदै आइतवार एक ट्वीट मार्फत दशैँको भत्ता नलिने घोषणा गर्नुभएको हो ।

‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’ नेता रावलले व्टिटरमा लेख्नु भएको छ ।

यसअघि नेकपाका अर्का नेता नारायणकाजी श्रेष्ठले दशैँ भत्ता नलिने घोषणा गरिसक्नुभएको छ भने उहाँले चैतयता कुनै तलब समेत नलिएको जानकारी दिनुभएको थियो ।