टाईगर योङ्ग स्टार क्लबद्धारा विभिन्न पीडितलाई सहयोग

everest kitchen

कृष्ण गुप्ता

मलेसिया । टाईगर योङ्ग स्टार क्लब मलेसियाले नेपाल स्थित विभिन्न पीडितलाई सहयोग गरेको छ । केही महिना देखि राहत सहयोग अभियान चलाएको टाईगर योङ्ग स्टार क्लब का अध्यक्ष डिएस थापा र सचिव कृष्णा थापा पत्रकार कृष्ण गुप्ता को पहल मा टाईगर योङ्ग स्टार राहत कोषमा जम्मा भएको रकम क्लबले वितरण गरेको हो ।

क्लबको पहलमा नेपाली रु.७४ हजार ५०० जम्मा भएको रकममध्येबाट बागलुङ ढोरपाटन नगरपालिका ८/९ का बाढी पीडित लाई रु,२५ हजार सहयोग गरेको थियो भने त्यस्तै दुई ओटा खुट्टा नभएकी बुटवल की हिरा थापा लाई रु १०हजार सहयोग गरेको छ ।

मलेसियाको शाह आलम स्थित एक पार्कमा एक सानो बच्चा सहित अलपत्र परेकी अोखलढुङ्गाकी सविना कटुवाल राई लाई रु १६ हजार र गुल्मी का दुबई हात खुट्टा नचल्ने भएका भीम ब.परिवार लाई रु १० हजार हयोग गरेको अध्यक्ष थापाले बताए । उनका अनुसार बाकी रहेको रकम पनि नेपाल को विभिन्न पीडितलाई सहयोग गरिनेछ ।