अबदेखि सरकारको प्रवक्तामा पार्वत गुरुङ

everest kitchen

काठमाडौँ । मन्त्रिपरिषदको बैठकले सञ्चार तथा सूचना प्रविधिन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकेको छ । सोमबारबाटै लागुहुने गरि मन्त्री गुरुङलाई प्रवक्ता दिने तयारी गरिएको स्रोतले जनाएको छ ।

मन्त्री गुरुङलाई महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट असोज २८ गते मन्त्रिपरिषद पुनर्गठनमा सञ्चार मन्त्रालयको जिम्मेवारी दिईएको थियो ।

यस अघि सरकारका प्रवक्ताको जिम्मेवारी तत्कालिन अर्थमन्त्री युवराज खतिवडा पदमुक्त भएपछि परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले सम्हालिरहनु भएको थियो ।