सरकारको मापदण्डमा पर्नेले मात्रै कोभिडको निःशुल्क परीक्षण र उपचार पाउने

everest kitchen

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड तयार गरेको छ । मन्त्रालयले तयार गरेको मापदण्डमा पर्ने सबै जोकोहीलाई नि:शुल्क उपचार गरिने मन्त्रनलयले जनाएको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सोमबार सबै कोभिड अस्पताललाई पठाएको र मापदण्ड अनुसार निःशुल्क उपचार पाउने नागरिकलाई उपचारसम्बन्धी निर्देशका अनुसारको सिफारिस वा स्वयंम घोषणा गर्नुपर्ने समेत बताएको छ ।

मन्त्रालयले तयार गरेको निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड अनुसार अपाङ्गता भएका, आर्थिक रुपमा विपन्न, असहाय एकल महिला, जेष्ठ नागरिकहरुले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न पाउने छ । साथै सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिसका आधारमा अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीले पनि निशुल्क परिक्षण र उपचार गर्न पाउने छ

पिडितले आकस्मिक उपचारका लागि आधार र प्रमाणहरु उपलब्ध गराउन नसकेकै कारण भने कसैलाई पनि उपचारबाट बञ्चित गर्न नपाइने अस्पतालहरुलाई मन्त्रालयले पठाएको परिपत्रमा उल्लेख गरिएको छ ।