रानीपोखरी र दरबार हाइस्कुल पुनःनिर्मणको राष्ट्रपतिबाट आज उद्घाटन गरिदै

everest kitchen

 

काठमाडौं । रानीपोखरी र दरबार हाइस्कुल पुनः निर्मणको उद्घाटन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गरिनेभएको हो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ । मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनः निर्माण छिमेकी चीनको सहयोगमा भएको हो ।

विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनः निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ । यी दुबै संरचना भुकम्पपछि पुनः निर्माण सम्पन्न भएका छन् भने संगैको धरहरा भने निर्माणाधीन अवस्थामा रहेको छ ।