बागमती प्रदेश सरकारले सबै संक्रमितको उपचार गर्ने

everest kitchen

 

काठमाडौं । बागमती प्रदेश सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ। संघीय सरकारले खर्च व्यहोर्नेबाहेक बाकी सबै कोरोना संक्रमितको उपचार प्रदेश सरकारले नै गर्ने निर्णय भएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनु भयो ।

प्रदेश सरकारको मातहतमा रहेका अस्पतालमा निःशुल्क उपचारसँगै प्रदेशभित्रका विभिन्न जिल्लामा रहेको ल्याबमा पनि निःशुल्क परीक्षण जारी रहने मन्त्री दुलालले जानकारी दिनुभयो । संघीय सरकारले यसअघि संक्रमितले आफ्नै खर्चमा उपचार गर्न भनेको थियो ।

हाल बागमती प्रदेश सरकारको मातहतमा रहेका सिन्धुली, रामेछाप, धादिङ, मकवानपुर,रसुवा, भक्तपुर, नुवाकोट र सिन्धुपाल्चोक जिल्ला अस्पतालमा कोरोना संक्रमितको निशुल्क उपचार भईरहेको छ भने स्थानिय तहमार्फत थप १५ वटा आईसोलेसनमा पनि निशुल्क उपचार भईरहेको छ ।