लकडाउन यता मलेसियामा अलपत्र परेकामध्ये १६ हजार ७ सय २१ नेपाली स्वदेश फर्किए

everest kitchen

मलेसिया । विश्वभरि फैलिएको कोभिड-१९ को प्रकोप महामारीले नेपालमा लागु गरिएको लकडाउन र मलेसियामा लागु गरिएको आवागमन नियन्त्रण आदेश (एमसीओ) का कारण मलेसियामा अलपत्र परेका ,रोजगार गुमाएका लगायतका नेपाली मध्ये हालसम्म १६ हजार ७ सय २१ जना स्वदेश फर्किएका छन् ।

नेपालमा लागु गरिएको लकडाउन र मलेसियामा लागस गरिएको एमसीओका क्रममा अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुदा मलेसियामा अलपत्र परेका हजारौं हजार नेपालीमध्ये चार्टर उडान र नियमित उडान मार्फत १६ हजार ७ सय २१ जना नेपाली नागरिक नेपाली राजदुतावास मलेसियाको सहजीकरणमा स्वदेश फर्किएको मलेसियाका लागि नेपाली राजदुत उदय राज पाण्डेले जानकारी दिए ।

राजदूत पाण्डेले एक विज्ञप्ति जारी गर्दै दशैको शुभकामना जारी गर्दै भनेका छन् ” कोभिड -१ ९ को कारणले अलपत्र परेका नागरिकहरु मध्ये यस राजदूतावासको सहजीकरणमा हालसम्म १६ हजार ७ सय २१ जना नेपाली नागरिकहरु नेपाल फर्कनु भएको छ भने केही नागरिकहरु फर्कने पर्खाइमा रहनु भएको छ । यस अप्ठेरो परिस्थितिमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरुले एक अर्कालाई गर्नु भएको सहयोग , धैर्यता र संयमता प्रति दूताबास आभारी छ । तपाईहरुलाई आईपरेका समस्याहरुको समाधान गर्दै आगामी दिनहरु सहज बनाउ दूतावासले निरन्तर प्रयास गर्ने प्रतिवद्धता समेत यसै अवसरमा व्यक्त गर्दछु । उनलेे विज्ञप्तिमा उल्लेख गरेका छन् ।