श्रेया राईको “आशा ” सार्वजनिक (भिडियो

everest kitchen

काठमाडौं । गायीका श्रेया राईको “आशा ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ  । श्रेयाकै कम्पोज र स्वरमा रहेको उक्त गीतको भिडियो बिहिवार उनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो  ।

निकै लामो समयको प्रयास पछि आफैले कम्पोज गर्ने हिम्मत गर्दै, आफैले स्वर भरेको उनले बताईन । उनले भनिन् ” यसअघि  जति माया पाएको थिए । त्यती नै माया यो गीतलाई पनि दिनु हुन्छ भन्ने आशा गर्दछु । उनका अनुसार गीत लकडाउन अघिनै तयार भएपनि कोरोना प्रकोपको जोखिम र  लामो लकडाउनलाई मध्यनजर गर्दै गीत अहिले सार्वजनिक गरेकी हुन ।

गीतमा धुर्ब केसीले शब्द संयोजन गरेका छन् भने गायक  देबेश राईले मिक्सिङ तथा एरेन्ज गरेका छन्  । गायिका श्रेया एक रिलियाटी सो कार्यक्रमबाट नेपाली संगीतमा पाइला टेक्दै आफुलाई अब्बल सावित गर्ने क्रममा रहेकी छिन् ।