विभिन्न सेलिब्रेटी, व्यवसायी र व्यक्तिबीच सिधा सहकार्य गर्न सकिने सेलेबसाथी सँचालनमा

everest kitchen

काठमाडौं । कोभिड-१९ महामारीका कारण व्यक्ति, समाज, व्यवसाय तथा अर्थतन्त्रमा परेको असरलाई न्यूनीकरण गर्ने सोचका साथ नेप्सिया प्रालिले व्यवसाय प्रवद्र्धनको नयाँ अवधारणा अघि सारेको छ ।

कम्पनीले सेलिब्रेटीमार्फत व्यवसाय प्रवद्र्धनको अवधारणा ल्याएको हो । यसबाट सेलीब्रेटी तथा व्यवसायी दुबै लाभान्वित हुनसक्ने कम्पनीका अध्यक्ष राजेश श्रेष्ठले बताए । कारोनाका कारण हाल नेपाली अर्थतन्त्र, कला संस्कृति, जनजीवन प्राय ठप्प हरेको छ । यस्तो अवस्थामा हरेक क्षेत्रमा लाग्ने सेलिब्रेटी पनि कामविहीन भएर वस्न बाध्य भएका छन् ।

कम्पनीले कलाकारमात्र नभइ हरेक क्षेत्रका सेलिब्रेटीलाई कामबिहीनको अवस्थाबाट जोगाउँदै आर्थिक उर्पाजनमा सहयोग पुरयाउन बेटा भर्सनमार्फत यसको सुरुवात गरेको हो । यसबाट सेलिब्रेटीहरुले आफ्नो कला प्रस्तुत गरेर आर्थिक लाभ लिन सक्नेछन् भने अर्कोतर्फ सेलिबे्रटीसँग नजिक भई आफ्नो ब्यापार व्यवसाय बढाउन सकिनेछ।

कुनै कम्पनी तथा व्यक्तिले सेलिब्रेटीमार्फत प्रचार प्रसार गर्नुपरेमा कम्पनीले सहजीकरण गर्नेछ । सेलिब्रटीसँग नजिक हुने चहाना हुँदा हुँदै सबैको पहुँच नपुग्ने अवस्थालाई मध्यनजर गदैै कम्पनीले यसको सुरुवात गरेको श्रेष्ठले जानकारी दिए । कम्पनीले डिजिटल प्रविधिमार्फत स्वदेश तथा विदेशमा पनि यस्तो सुविधा प्रदान गरिने जनाएको छ।

व्यवसाय प्रवद्र्धनमा मात्र नभइ सभा सम्मेलन, वार्षिकोत्सव तथा कार्यक्रमहरुमा प्रस्तुति, उद्घाटन, जन्मोत्सवको शुभकामनालगायतमा पनि सेलीब्रेटीहरुको साथ र सहयोग पाउन सकिनेछ । यसका लागि सेलीब्रेटी शुल्क भने लाग्नेछ । कम्पनीले आगामी तीन महिनाभित्रमा मोवाइल एपसमेत ल्याउने जनाएको छ।