कोभिडको कारण पाँच महिने शिशुको निधन

everest kitchen

 

काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पाँच महिने शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मोरङ सुन्दरहरैचाकी ५ महिने शिशुको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।

बी.पी. कोइरालाबी.पी. कोइराला धरान का सह-प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती शिशुमा पहिलादेखि नै मस्तिष्कसम्बन्धी रोग थियो। स्वास्थ्यमा समस्या आएपछि उनलाई शुक्रबार बिहान अस्पताल भर्ना गरिएको थियो। भर्ना गरेपछि उनको कोरोना परीक्षण गरिएको थियो।

परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको डा श्रेष्ठले बताए।शिशुको शुक्रबार बेलुका ७: ५० मा मृत्यु भएको उनले जानकारी दिए। उनको शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ।