अशक्त इश्वर चेम्जोङलाई औषधी र खाद्यान्न सहयोग

everest kitchen

पदमदुःखी सम्बाहाम्फे

पाँचथर, १० कात्तिक । पाँचथर जिल्लाको कुम्मायक गाउपालिका ५ स्थित स्याबरुम्बा आहालेका इश्वर चेम्जोङ्लाई कुम्मायक कुस्सायक साहित्यिक समाज, आदिवासी जनजाती महासंघ कुम्मायक र किरात याक्थुङ चुम्लुङद्वारा औषधि र खाद्यान्न सामग्री सहयोग भएको छ । बिगत लामो समय देखि अशक्त अबस्थामा रहेका इश्वरलाई उक्त सहयोग भएको हो ।

रोजगारीको सिलसिलामा भारतको सिलाङस्थित मेघालय स्टेटमा गएका चेम्जोङको ७४ साल कार्तिक २६ गते कोइलाखानीमा काम गर्दैगर्दा सुरुङभित्र पहिरोले पुरिएर उनको शरीरको मेरुदण्ड भाचिएको छ । हाल उनको दुइवटै खुट्टा सुक्दै गएको र कम्मर मुनिको भाग नचलेर स्थायी अपांग भएका छन् ।

घरको आर्थिक अवस्था नाजुक भएका चेम्जोङ्लाइ स्थानीय वडा कार्यलयले जनता आवास कार्यक्रमबाट साढे तिन बन्डेल जस्तापाता र पाँच हजार उपचार खर्च दिएको र स्थानीयको सहयोगमा घर निर्माण गरिदिएको कुरा वडाका वडाध्यक्ष यामबहादुर बोहराले बताएको छन् भने गाउपालिकाको बिपद ब्याबस्थापन कोषबाट पनि पन्ध हजार रुपैया बिरामी चेम्जोङलाई उपचार खर्च दिइएको कुरा गाउपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले जानकारी दिए ।

३२ वर्षीय बिरामी चेम्जोङ र आफ्ना दुइ सन्तानसहित २४ बर्षिय श्रीमति राधिका राईले हारगुहार माग्दै आफ्ना श्रीमानको उद्धार गरि घर ल्याइपुर्याएको कुरा बताइन् । आफ्ना दुइ सन्तानहरुको पढाइ र खाटलाइ आफ्नो संसार बनाएर सुतिरहेका अपांग श्रीमानको उपचार तथा स्याहारसुसार गर्न अत्यन्तै चुनौती भएकोले सबैमा थप सहयोगको अपेक्षा गरेका छिन् । इश्वर चेम्जोङले सिलाङ मेघालयबाट बिबाह गरिल्याएका राधिकाको हालसम्म नागरिकताबिहिन भएकीले छिटै अङ्गिकृत नागरिकता बनादिएर अन्य सेवासुबिधा दिन सकिने गाउपालिकाका जनप्रतिनिधिको भनाई थियो ।

किरात याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य समाजसेवी गणेश चेम्जोङ, आदिवासी जनजाति महासंघ कुम्मायकका सचिब सेमिक लावती, सड्ढल्प ब्यान्ड यासोकका सचिब सुजन सम्बाहाफे, कुम्मायक कुस्सायक साहित्यिक समाजका अध्यक्ष पदमसुखी सम्बाहाम्फे र समाजसेवी देशबिर सम्बाहाम्फेले आइतबार इश्वर चेम्जोङ्ललाइ भेटी औषधी र खाद्यान्न सामग्री हस्तान्तरण भएको हो । नयाँ अनलाइन