मलेसियामा अवैधानिक विदेशि कामदारको निम्ति पुर्ननियुक्ति (रिहाइरीङ) खुल्ने, अवैधानिक नेपालीहरु पनि लाभान्वित हुनसक्ने

everest kitchen

 

मलेसिया ।  कोरोना महामारीका बिच धेरै भन्दा धेरै कामदारहरु काम नपाएर बेरोजगार हुनुपरेता पनि मलेसियामा भने बिभिन्न क्षेत्रलाई लक्षित गरि पुर्ननियुक्ति अर्थात रिहाइरीङ यहि नोभेम्बर १ तारिकबाट खुल्ने भएको छ ।

मलेसिया स्थित मानव श्रोत मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार सर्भिस, कृषि, औद्योगिक, कन्ट्रक्सन, प्लान्टेसन लगायतका क्षेत्रमा रिहाइरीङ खुलेको हो । तर, यस पटकको रिहाइरीङ भने बिगतको जस्तो छैन । यस पटक भने अवैधानिक विदेशि नागरिकहरुलाई काममा राख्नु अगाडी “माईफ्युचरजबस” ( MYFuturejobs) मार्फत आवश्यकता आह्वान गरेपछि मात्र प्रक्रिया अगाडी बढाउन सकिनेछ ।

स्थानिय नागरिकलाई जागिरको लागि पहिलो प्राथमिकता दिनको लागि साथै बिचौलीयाहरुलाई प्रवेश नदिन एकद्धार प्रणालीको रुपमा काम गर्नको लागि पनि उक्त प्रक्रिया अपनाइएको जनाइएको छ । कुनैपनि कम्पनीमा खाली रहेको पदमा स्थानिय नागरिकले काम गर्न इच्छा नदेखाएमा मात्र विदेशि कामदार राख्न पाइनेछ ।

कोरोना कहरको कारणले मलेसियाको अर्थतन्त्रमा असर गरेकोले यस अर्थतन्त्रलाई टेवा पुर्याउनको लागि पनि यस किसिमको रहिाइरीङ खोलेको केहि ब्यापारीहरुको बुझाई रहेको छ । किनभने प्रत्येक अवैधानिक विदेशि कामदारले मलेसियामा भिषा प्रक्रिया सुरु गरेपछि लेवि, कम्पाउन्ड, स्पेशल पास, मेडिकल लगायतका नाममा हजारौं रिंंगेट मलेसियन सरकारलाई तिर्नुपर्नेहुन्छ ।

यश कार्यक्रम अन्तर्गत मलेसियामा अवैधानिक रूपमा रहेका नेपालीहरूले पनि बैधानिक हुने अबसर पाउनेछन् । आफुले काम गर्ने कम्पनि छानेर राेजगारदातासँग सम्झाैता गरेर अवैधानिक नेपालिहरूले बैधानिक हुन पाउनेछन् ।