एनआरएन मलेसियाले अप्ठ्यारो परेका श्रमिकलाई काठमाडौंबाट घरसम्मै जाने व्यवस्था गरिदिने

everest kitchen
एनआरएन मलेसियाको सहयोगमा काठमाडौंबाट घर जान तयारी अवस्थामा रहेका नेपालीी श्रमिकहरु

काठमाडौं । साह्रो गाह्रो अवस्थामा मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई सहयोग गरिरहेको एनआरएन मलेसियाले अब काठमाडौंबाट आफ्नो घरसम्म जान नसक्ने अवस्थाका नेपाली श्रमिकहरुलाई पनि सहयोग गर्ने भएको छ ।

मलेसियामा समस्यामा परेका श्रमिकहरुलाई नेपाल एम्बेसीसम्म पु¥याएर बिभिन्न परामर्श सहितको सहयोग । स्वास्थ्योउपचार नपाएर समस्यामा रहेकाहरुलाई स्वास्थ्यकेन्द्रसम्म पु¥याएर सहयोग गरिरहेको एनआरएन मलेसियाले आफ्नो सहयोगको दायरा बढाउदै काठमाडौंबाट घरसम्म जान आर्थिक समस्या रहेका श्रमिकहरुलाई पनि सहयोग गरेको हो ।

हालसम्म मलेसियामा रोजगार गुमाएका, शारीरिक रुपमा असक्त, आर्थिक अभाव रहेका हालसम्म ५३ जना नेपाली श्रमिकहरुलाई काठमाडौंबाट आ–आफ्नो घरसम्म पुग्नको लागि यातायातको व्यवस्था गराईदिएको एनआरएनए मलेसियाद्वारा सञ्चालित ‘राहत तथा घर फिर्ति सहयोग कार्यक्रम’ का संयोजक राजु शर्माले बताए ।

‘यदि तपाई साच्चिकै समस्यामा हुनुहुन्छ र सहयोगको अपेक्षा गरिरहनु भएको छ भने हामिलाई सम्पर्क गर्नुहोला’ संयोजक शर्माले हिमाल टाइम्सलाई बताए । उनले एनआरएन मलेसियाले मलेसियाभरी ५ जना सहयोगीहरु खटाएको र केहि समस्या परेमा उहाँहरुलाई सम्पर्क गर्न पनि अनुरोध गरे ।

एनआरएन मलेसियाको सहयोग चाहानेहरुले गोविन्द केसी ०११–२६२५२६००, प्रकाश ०१२–४९९१७२७, बेदना ०१०–२३६५८८७, सुरेश ०१८–९४१३७५९, राजु ०१२–९४३०६९६ मा सम्पर्क गर्न सकिनेछ ।