कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल

everest kitchen

ऐजेन्सी । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ वाकलाई बिहीबार सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय सुनाएको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई आफ्नै विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको थियो ।

लीलाई सन् २०१८ मा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै पुनरावेदन अदालतले उनलाई १७ वर्षका लागि जेल सजाय तोकिएको थियो । तर उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि नयाँ निर्णय नहुँदासम्मका लागि जमानतमा रिहा गरिएको थियो ।

लिलाई २५ अर्ब २० करोड कोरियन वनको अनियमितता र नौ अर्ब ४० करोड वन बराबर घुुस स्वीकार गरेको ठहर गर्दै १७ वर्षको जेल सजाय तोकेको हो