मलेसियामा हात गुमाएका दिपक साहको ईलोक्टोनिक हात जोडियो

everest kitchen

कृष्ण गुप्ता

मलेसिया । बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नः२२, बह्रमपुरीका दिपक प्रसाद साह कामको सिलसिलामा मलेसिया आएका थिए । उनको कम्पनीमा काम गर्ने क्रममा गत २६ नोभेम्बरमा मेशिनमा परि दाहिने हात गुमेको थियो ।

मलेसियाको मलका राज्य स्थित रहेको वईएचआई नामक फलाम कम्पनीमा कार्यरत दिपकले मेसिन दुर्घटनामा परि आफ्नो दाहिने हात पूर्णरुपले गुमाएको उनी संगै कार्यरत एक नेपालीले बताए । उनका अनुसार दिपकको लामो समय स्थानीय अस्पतालमा कम्पनीले उपचार गरिरहेको थियोे ।

कम्पनीको सक्रियतामा उनको राम्रो उपचार र नियमित हस्पिटल फलोअपपछि निको भएर काममा फर्की सकेका उनलाई कम्पनीले नियमित रोजगारी दिएको छ भने उनको दाहिने पट्टी गुमेको हातमा कृतिम हात राखिएको छ । शुक्रबार कम्पनीको सक्रियतामा उनलाई नया इलोक्ट्रोनिक हात राखिएको उनका साथिहरुले बताएका छन् ।