महाशाखाले तीनकुनेमा १५ सय गुर्जो रोप्यो

everest kitchen

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५०० वटा गुर्जोको विरूवा रोपेको छ । महाशाखाले कोभिड संक्रमण र उपचारलाई ध्यानमा राखेर गुर्जो रोपेको हो ।

देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको बेला रोग प्रतिरोध क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाईदा हुने बताउनु हुदै उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा यस्ता विरूवा रोप्ने कामको थालनी गरिएको एसएसपी भीमप्रसाद ढकालले जानकारी दिनु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखप्रहरी वरिष्ट उपरीक्षक भीमप्रसाद ढकाल, प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा एक कार्यक्रम गर्दै गुर्जोको विरूवा रोपिएको हो ।

राष्ट्रिय योजना आयोगका सह–सचिव किशोर जोशी र आन्तरिक राजश्व कार्यालय लाहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवटले ट्राफिक महाशाखालाई वितरण गरेका गुर्जोको बिरुवा उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५–५ वटा गुर्जोको विरूवा रोपिएको छ ।