इतिहासबिद् : कवि क्षत्री

everest kitchen

लघुकथा- इतिहासबिद्

कवि क्षत्री (हाल माल्दिप)

उनलाई इतिहास बिषयमा गहन रुचि थियो। उनले इतिहास सम्बन्धि लेखिएका पुस्तकहरूको अध्ययन नगरेका पुस्तकहरू कमै थिए ।उनको घर लाइब्रेरी नै बन्न पुगेको थियो। इतिहास र पौराणिक कथामा विद्याबारिधी गर्न लागेकी उनको ध्यान त्यसैमा केन्द्रित थियो ।

उनले अध्ययन गर्दै जाँदा कुनैपनि मुख्य पात्रका चार पाँच पुस्ताका नालिबेली बताउन सक्दथिन् । यसो भनौँ , इतिहास र पौराणिक कुरामा उनले विद्वता हासिल गरिसकेकी थिइन् । आमाको जस्तो रुचि छोराको पनि इतिहास मै रुचि थियो । उसले सोध्यो ममि , म हाम्रो परिवारको बंशाबली तयार गर्ने बिचार गर्दैछु । अँ साँच्चै.. हाम्रो हजुरबा हजुरआमाको नाम के थियो अरे ..!

हजुरबा को नाम भरत र हजुर आमाको नाम लक्ष्मी थियो। छोरालाई उत्तर दिएपनि कता कता उनको मन मानेन। उनले श्रीमानलाई फोन घुमाउँदै सोधिन् । बिहे भएको २० बर्षसम्म पनि आफ्नी सासूआमाको नाम समेत हेक्का राख्न नसक्ने श्रीमतिको सोधाईले श्रीमान अचम्ममा परे।