सुरक्षित प्रवास र रोजगार पदोन्नति बिषयक कार्यक्रम सम्पन्न

everest kitchen

पदम राई,

ललितपुर । महिला सशक्तिकरण, लैगिक समानता, सुरक्षित प्रबास र रोजगार पदोन्नति बिषयक एक छलफल तथा प्रतिक्रियात्मक कार्यक्रम भएको छ । कोरोना प्रकोपको प्रभाव संगै कार्यक्रम १३ असोज २०७७ मा भएको हो ।

अनलाईन जुम एप मा सञ्चालन भएको उक्त कार्यक्रमामा बिभिन्न क्षेत्रका बिज्ञहरु तथा सरोकारवालाहरु लाई समावेश गरेर बिभिन्न संघसस्थाहरुले कार्यक्रम आयोजना गरेका हुन् कार्यक्रमलाई सीडीडी, एनआईआईसीई, एनपीआई र नेपाली प्रबासी एकता सञ्जाल (नेमुन) लगाएतका संस्थाहरुले आयोजना गरेका हुन् ।

यी चार संस्थाहरुले बिगत लकडाउन देखि अनलाईन जुम एप र्माफत नेपाली प्रबासीहरुको समस्याहरुको सम्बन्धमा यस क्षेत्रमा संलग्न बिज्ञाहरु र दुतबासहरु संग प्रबासीहरुको हकहित र सुरक्षित अप्राबास सम्बन्धमा बुलन्द आवज उठाँउदै आईरहेको छ ।

कार्यक्रममा बिशेषगरी प्रबासमा रहेका श्रमिकहरुको बिषय र महिला सशक्तीकरणका बिषयमा छलफल भएको छ । कार्यक्रममा डाक्टर गणेश गुरुङ्ग, बन्दना राना, शरु जोशी श्रेष्ठ, डाक्टर रमेस सुनाम लगायतका सहभागीता रहेको थियो र सहभागिहरुले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रभावले प्रबासमा रहेका श्रमिकहरुलाई पारेको असर र चुनौति साथै यसका बाबजुत अबसरका बारेमा छलफल भएको थियो ।

कार्यक्रमा प्राय सहभागीहरुले अहिलेको आवश्यक्ता सुरक्षित स्वदेश फिर्ती, नेपाल फर्केपछिका चुनौती र स्वारोजगारका साथै बैदेसिक रोजगारमा रहेकाहरुलाई सुरक्षित अप्राबास सम्बन्धी सचेतना अभिबृद्घि सम्बन्धमा बिषेश जोड दिएको  थियो ।

त्यस्तै कार्यक्रमलाई फ्रान्सका लागी नेपालका र्पुव राजदुत श्री मोहन कृष्ण श्रेष्ठले अध्यक्षता गरेका थिए भने श्री मित्र बन्धु पौडेलले कार्यक्रम सहजीकरण गरेका थिए ।