परिवर्तन : दिनेश निरौला

everest kitchen

लघुकथा : परिवर्तन

दिनेश निरौला

“तल्लो घरको कान्छाले एउटा सानु फुन बोकेका छन् , बुढा ! रेडियो त्यसैमा बज्ने रै’छ, लाइट त्यसैमा छ। गीत भर्न र फोटो खिँच्न पनि मिल्ने, अझ बिदेशमापनि कुरा हुन्छ अरे ! ” छिमेकी भाइको सादा नोकियाको मोवाइल देखेर दिदीले भिनाजुलाई भनिन् ।

केही दिनपछि त विभिन्न स्थान र आसनमा खिँचिएका तस्वीरहरु, विभिन्न गीतमा बनाएको टिक टक र भिडियोहरु दिनै भनेझैँ देखिन थाले , दिदीको फेसबुक वालमा !

उत्सुकता लाग्यो , मैले दिदीलाई भिडियो कल गरें । कुशल मंगलका कुरा भए । नानीहरुको, घर परिवारको कुरा गरेँ । अनि सोधें , ” दुहुना के छ दिदी “? दिदीले खच्किएको स्वरमा भनिन् ” छैन भाइ, भैँसी बेचेर हाम्ले त फुन किन्यौं” ।