पीडित पत्रकारको रिले अनशनमा नेता भट्टराईको साथ

everest kitchen

काठमाडौं । मिडिया हाउसविरूद्ध नयाँ बानेश्वरमा सडकमै रिले अनसन बसिरहेका पत्रकारहरूको आन्दोलनमा जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एक्यवद्धता जनाएका छन् । शनिबार बानेश्वरमा रिले अनसन बसेका पत्रकारहरूलाई साथ भट्टराई त्यहाँ पुगेका हुन ।

सरकारले ऐन कानुन बनाउने तर पालना नगर्नेलाई कारबाही गर्न नसक्नु दु:खद् भएको भन्दै भट्टराईले श्रमजीविहरूको आवाज सुन्न सरकारको ध्यानाकर्षण गराए। त्यस्तै भट्टराईले जनतालाई सुसूचित गर्ने जिम्मेवारी बोकेका पत्रकारहरू नै शोषणमा परेर सडकमा आउन बाध्य हुनु दुर्भाग्यपूर्ण भएको बताए। उनले पत्रकारलाई सडकमा ल्याउन बाध्य नपार्न मिडिया हाउसहरूलाई अनुरोध गरे।

यसअघि पनि नागरिक दैनिकमा कार्यरत श्रमजिवी पत्रकारहरुको पेशागत हकहितको लागि नागरिक दैनिकमा कार्यरत सुविद गुरागाईँको अगुवाइमा आफ्नो श्रमको सम्मान र मासिक तलवको लागि निरन्तररुपमा झरीको प्रवाह नगरी पाँच दिने सत्याग्रह अभियानमा वसेका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व सचिव धमेन्द्र कर्णको नेतृत्वमा २५ सदसीय ’सञ्चारगृहका पीडित पत्रकार र कर्मचारी संयुक्त संघर्ष समिति’ गठन गरिएको थियोे ।

उक्त समितिमा अन्नपूर्ण दैनिकबाट पीडित बिकास कार्की सह(संयोजक रहेको सो संघर्ष समितिका सदस्यहरुमा कान्तिपुर, अन्नपूर्ण, कारोबार, नागरिक दैनिक तथा एभिन्युज, माउन्टेन टिभी र नेपाल आजलगायतका मिडिया हासहरुबाट पीडित पत्रकार तथा कर्मचारीहरु रहेका छन् ।