शनिबार मलेसियामा आजसम्मकै सबैभन्दा धेरै ३ सय १७ जना बिरामी थपिए

everest kitchen

ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे मृत्यु भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा३१७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको धेरै बढ्दो सङ्ख्या हो ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३७ रहेकाे छ भने १२ हजार ८८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा १२१ जना डिस्चार्ज भएपछि १० हजार २१६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १ हजार ७३५ जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । केही दिन देखि मलेसियामा दुइ सयमाथिको हाराहारीमा संक्रमण पुष्टि भईरहेको छ भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको तथ्यांकले देखाउछ ।  केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार १ हजार ७३५ जनामा संक्रमण सक्रिय रहेको छ ।