नेपालका कान्छा अभियान्ता केपी खनाललाई नयाँदिल्लीमा “युथ आइकन” अवार्डले सम्मान

everest kitchen

काठमाडौं । भारतका पिता महात्मा गान्धी १५१औं जन्म जयन्तीका अवसरमा नेपालका कान्छा अभियन्ता केपी खनाललाई युथ आइकन अवार्डमार्फत सम्मान गरिएको छ । शुक्रबार उनलाई नयाँदिल्ली स्थित एक कार्यक्रमका बीच अवार्ड प्रदान गरिएको हो ।

खनाललाई भारतको राजधानी नयाँदिल्लीमा रहेको राइजिङ टुइकल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा “युथ आइकन “अवार्डबाट सम्मान गरिएको हो। समाजमा उदाहरणीय कार्य गरेको भन्दै खनाललाई फाउन्डेसनले अवार्डले सम्मान गरेको हो ।

खनालले सामाजिक अभियान चलाएरै बाजुरामा अनाथाश्रम निर्माण गरेका छन्। सामाजिक काममा जुटिरहेका खनाल पछिल्लो समय कैलालीमा ‘हेल्प निडी अभियान’का क्रममा छन्। जहाँ उनले मजदुर र गरिबहरको घर-घरमा खाद्यान्‍न उलब्ध गराउँदैछन्। खनालले काठमाडौं लगायत देशका मुख्य सहर तथा जिल्लाहरुमा पनि सरकारलाई अभियान चलाउदै आएका छन् ।