काङ्ग्रेस नेता अर्जुननरसिंह केसी, गगन थापा लगायतलाई कोभिड पोजेटिभ

everest kitchen

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी र काङ्ग्रेस नेता तथा सांसद गगन थापालाई कोरोना संक्रमण देखिएको छ। दुई दिनअघिदेखि कांग्रेसले पार्टी कार्यालयमा स्वाब संकलन गरेको थियो। शनिबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको केसी र थापाले बताएका हुन ।

केन्द्रीय सदस्यसहित २५० जनाको स्वाब संकलन गरिएको थियो। तीमध्ये थापा, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलाई कोरोना संक्रमण देखिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
अन्य केहीलाई पनि संक्रमण भएको आशंका गरिएको छ।

आफुलाइ संक्रमण देखिएपछि नेता थापाले फेसबुकमा लेखेका छन् ‘असाेज १५ गते पार्टी कार्यालयमा भएकाे पिसिआर परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले म घरमै आइसोलेसनमा छु,’ थापाले भने, ‘यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।’

त्यस्तै नेता केसीले ट्विटरमा लेख्दै यस्तो बताएका छन्,”१५ गते नेका पार्टी अफिसमा गरिएको स्वाब संकलनमा कोभीड१९पोजिटिभ भएको रिपोर्ट रातोपाटी र नबकान्ती पुर बाट थाहाभयो।पार्टी बाट अझै खबर नहुनु दुःखद र खेदजनक छ।आजै देखि सेल्फ क्वारेन्टाइन मा छु।म संग सम्पर्क मारहनु भएको साथीहरूलाई परीक्षण गर्न र मेरो स्वास्थ्य ठिक रहेको कुरा आग्रह गर्दछु ।