बुटवलमा बिहानैदेखि प्रदर्शन

everest kitchen

बुटवल । प्रदेश ५ को राजधानी दाङको देउखुरी आसपास बनाउने प्रदेश सरकारको प्रस्तावको विरोधमा रुपन्देहीमा बिहानैबाट प्रर्दशन शुरु भएको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै यहाँका विभिन्न ठाउँमा प्रर्दशन शुरु भएको हो ।

निषेधाज्ञाका बीच सुनसान जस्तै देखिएको बुटवलमा प्रदेश राजधानी दाङ बनाउने प्रस्तावको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले रुपन्देही बन्दको आह्वान गरेको छ भने यहाँका बुटवलका व्यवसायिक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै बुटवलको राजमार्ग चौराहादेखि ट्राफिकचोकसम्म र्याली निकालेका छन् ।

प्रदेश पाँचको अस्थायी राजधानीको रुपमा रहेको बुटवलमा रहेकोमा राजधानी दाङ र अर्घाखाँचीको सिमानामा रहेको राप्ती नदिको किनारामा प्रस्ताव गरिएको छ । उक्त प्रस्तावको यतिबेला समर्थन र विरोध हुदै आएको छ । प्रर्दशनकारीहरुले रुपन्देहीको तिलोत्तमा, सैनामैना,भैरहवा लगायतका विभिन्न ठाउँमा जम्मा भएर आन्दोलन गरेका छन् ।