क्यालट पीडित केरुङ्लाई २ लाख २० हजार सहयोग

everest kitchen

फेदेन । फेदेन नगरपालिका वडा नं. १० का २९ बर्षिय क्यालट ग्रस्त बिरामी बिशाल केरुङ्लाइ उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार फेदेनस्थित सिङगापुर गेस्टहाउसको सभाहलमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिको हो ।

याक्थुङ युवा मञ्चकि केन्द्रीय उपाध्यक्ष र पबित्रा खजुमको सकृयतामा संकलित रु २३६३२० (दुइ लाख छतिस हजार तिनसय २० रुपैयाँ) विरामी केरुङ्लाइ हस्तान्तरण गरिएको हो । सामाजिक सञ्जाल फेसबूक लगायतको माध्यमबाट कोरियामा रहनुभएका युगल किशोर सेर्मा,दिपेस पालुङ्वा, खगेन्द्र लिम्बू, पुर्ण प्रयास केरुङ र समीर राई लगायतको सक्रियतामा संकलन गरिएको हो ।

बिरामी केरुङ्लाइ ठूलो अस्पतालमा लैजान लागिएको तर आर्थिक अवाभका कारण याचना गरिएको विशाल केरुङ बचाउन अभियानका संयोजक सागर केरुङ्ले बताए । उनको उपचारको लागि थप आर्थिक सहायता चाहिने हुदा सहयोगी मनहरुलाइ सहयोग गर्न उनले आग्रह गरे ।