मलेसियामा अहिलेसम्मकै सबै भन्दा धेरै बिरामि ४ सय ३२ जना भेटिए

everest kitchen

ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४३२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको सबैभन्दा धेरै बढ्दो सङ्ख्या हो ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३७ रहेकाे छ भने १२ हजार ८१३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ५७ जना डिस्चार्ज भएपछि १० हजार ३४० जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल २ हजार ३३६ जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । केही दिन देखि मलेसियामा दुइ सयमाथिको हाराहारीमा संक्रमण पुष्टि भईरहेको छ भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको तथ्यांकले देखाउछ । केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार २ हजार ३३६ जनामा संक्रमण सक्रिय रहेको छ ।