बेलायतमा फेरि पनि लकडाउन सुरु

everest kitchen

लन्डन । बेलायतले दोस्रोपटक लकडाउनको घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार साताका लागि लकडाउन घोषणा गरेका हुन् ।

यसअघि यही वर्षको मार्च २३ देखि पहिलोपटक लकडाउन गरेर जुलाईमा खुला गरिएको थियो । यो पटकको लकडाउनमा पहिलेजस्तो स्कुल, कलेजहरु भने बन्द हुने छैनन् । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू भने पूर्ण रूपमा बन्द रहने बताइएको छ ।

रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक(वे पसलहरू भने खुल्ने बताइएको छ । पछिल्लोपटक कोरोना सङ्क्रमणको सङ्ख्या बढेसँगै कुन तहको बन्द गर्ने भन्ने विषयमा सरोकारवालाहरूसँग करिब तीन साता गरेको छलफलबाट लकडाउन गर्ने निष्कर्षमा बेलायत सरकार पुगेको हो । बीबीसी