धरौटी नलिई कोभिड बिरामीको उपचार गर्नू : मन्त्रालय

everest kitchen

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरूलाई धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ। आइतबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पतालहरूलाई स्पष्टिकरण सोधिएको जानकारी दिए।

उनले सक्नेसँग शुल्क लिने र नसक्नेसँग नि:शुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत् रहेको पनि जनाए। सरकारले कोरोना संक्रमितको स:शुल्क उपचार गर्ने निर्णय गरेसँगै विभिन्न अस्पतालहरूले बिरामीहरूको उपचार गर्नुपूर्व धरौटी रकम जम्मा गर्न सूचना निकालेको छ।

सुरूआतदेखि नै संक्रमितको नि:शुल्क उपचार गर्दै आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि संक्रमितलाई उपचारअघि ५० हजार धरौटी रकम जम्मा गर्न भनेको छ।