पार्टी एकता दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनौं र र पार्टी बचाऔं : ईश्वर पोखरेल

everest kitchen

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले एकताकाबेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाउन खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताउदै त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनेर खबरदारी गर्न भनेका छन् ।

सोमबार ट्वीट गर्दै उनले भनेका छन्-एकताकाबेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो। त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खबरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!

पछिल्लो समय नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद चुलिँदै गएको छ। गत शनिबार दुई अध्यक्षबीच भेट भएको भेटमा प्रचण्डले प्रधानमन्त्री पद मागेको र ओलीले आ-आफ्नो बाटो लागौं भनेर भनेको बताएको छ ।

त्यस्तै नेकपा महासचिव विष्णु पौडेलले पनि आइतबार ट्वीट गर्दै नेकपाको पछिल्लो विवादले पार्टीमा गम्भीर संकट उत्पन्न भएको बताएका थिए । पौडेलको ट्विट अनुसार पनि पार्टी बिभाजन तर्फ लागेको आंकलन गरिएको छ ।