खुलामञ्चमा खाना खुवाउन काठमाडौं महानगरद्धारा रोक

everest kitchen

काठमाडौं । काठमाडौंको खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । काठमाडौं महानगरपालिकाले सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो ।

कोभिडका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई केहि अभियान्ताहरुले खुलामञ्चमा खान वितरण गर्दै आएका थिए । तर, तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको बताएको छ । महानगरपालिकाले नगर प्रहरी पठाएर खाना खुवाउने अभियानमा रोक लगाएको एकजना अभियन्ता बताए ।

त्यस्तै हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निर्क्यौलका साथ खाना वितरण बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाको तर्क छ । सार्वजनिकस्थलमा फोहोरसमेत भएको र सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भएकोले खाना खुवाउन नदिने निर्णय भएको महानगर स्रोतको भनाइ छ ।