काठमाडौंलाई मागी खानेहरुको शहर भनेर नचिनुन: मेयर शाक्य

everest kitchen

काठमाडौं । काठमाडौंका विभिन्न सार्वजनिक स्थलहरुमा खाना बाँडेको बारे मेयर विद्यासुन्दर शाक्यले मुख खोलेका छन् । सोमवार महानगरपालिकाले त्यसरी सार्वजनिक स्थलमा खाना खुवाउँदा शहर फोहोर भएको र महानगरपालिकाको बेइज्जत भएको भन्दै खाना वितरण कार्यमा रोक लगाउन निर्देशन दिएको थियो । सो विषयमा विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो ।

सो विषयको विरोध भएपछि महानगरका मेयर शाक्यले हानगरवासीको स्वास्थ्य जीवनप्रति आफू संवेदनशील भएकाले सो निर्णय गरेको स्पष्टिकरण दिएका छन् । साथै, उनले काठमाडौंलाक्ष्ए गरिखानेहरुको शहर भनेर चिनाउनपर्ने भन्दै मागिखानेहरुको शहर भनेर कसैले नचिनुन भनेका छन् ।

शाक्यले जारी विज्ञप्तिमा भनिएको छ ,‘श्रम गरेर खान सक्नेका लागि काम गर्ने वातावरण निर्माण गर्न खोजेका हौं काठमाडौंलाई गरिखानेहरूको शहर भनेर चिनाउनु पर्छ । विश्वमै ऐतिहासिक र सांस्कृतिक शहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको शहर भनेर नचिनुन् ।’

उनले महानगरपालिकाले ुभोकै कोही पर्दैन, भोकले कोही मर्दैनु भन्ने नारासहित लकडाउन अवधिभर असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्ने आम नागरिकलाई सहयोग पुर्‍याएको दावी समेत गरे ।

लकडाउन अवधिमा मात्रै काठमाडौँ महानगरपालिकाले १ लाख ५० हजार भन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाएको शाक्यले बताए ।

उनले भने, ‘सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आएपछि हाम्रो ध्यानाकर्षण भएको हो । उज्यालो नेटवर्क