पहिचान गरेर गरिबहरुलाई आधारभूत आय सिधै बैंक खातामा राखिदिनु पर्छ : भट्टराई

everest kitchen
photo file

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले स्थानीय तह मार्फत पहिचान गरेर गरिब तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई सर्वसुलभ आधारभूत आय सिधै बैंक खातामा राखिदिनु पर्ने बताएका छन् ।

कोरोनापछि निरपेक्ष गरीबको संख्या १२ लाख थपिएर कुल ६० लाख नाघेका बताउनुहुदै डा.भट्टराईले भने , ‘उनीहरूको गुजाराबारे ठोस नीति खै ? स्थानीय तह मार्फत पहिचान गरेर सर्वसुलभ आधारभूत आय (ग्द्यक्ष्) सिधै बैंक खातामा राखिदिनु सर्वोत्तम उपाय हो। यो नागरिक अधिकार हो!’

“कोरोनापछि निरपेक्ष गरीबको संख्या १२ लाख थपिएर कुल ६० लाख नाघेको सरकारी तथ्यांकले भनिरहदा उनीहरूको गुजाराबारे ठोस नीति खै ? स्थानीय तह मार्फत पहिचान गरेर सर्वसुलभ आधारभूत आय (ग्द्यक्ष्) सिधै बैंक खातामा राखिदिनु सर्वोत्तम उपाय हो। यो नागरिक अधिकार हो! परोपकारी दान वा गरीब लखेट अभियान समाधान हैन !” डा.भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन ।