साहित्यकार क्षेत्रीको जन्मदिनमा एकल लघुकथा वाचन र कृति लोकार्पण

everest kitchen

काठमाडौं । साहित्यकार राजु क्षत्री अपुरोले एकल लघुकथा वाचन र कृति प्रकाशनसहित आफ्नो जन्मदिन मनाएका छन् । पछिल्लो समय जन्मदिन मनाउने विभिन्न संस्कार बढ्दै गएको बेला साहित्यकार अपुरोले साहित्यिक अनुष्ठानसहित जन्मदिन मनाएका हुन् ।

माछापुच्छे«–४, लाहाचोकमा पिता डम्बरहादुर र माता बुद्धिमाया क्षत्रीका कोखबाट २०२९ कार्तिक १९ गते जन्मेका अपुरो निरन्तर लघुकथा लेखन र प्रकाशनमा क्रियाशील स्रष्टा हुन् ।उनका हालसम्म मेरा केही लघुकथाहरु, भाग्य र कर्म, आशाका झिल्का र दिमागको बिर्को गरी चार लघुकथा कृति प्रकाशित भइसकेका छन् ।
मलेसियामै रहेरै लघुकथा लेखनमा क्रियाशील रहेका अपुरोले आफूलाई साहित्य साधक, सर्जक र संगठकका रुपमा स्थापित गराएका छन् ।रोजगारीको सिलसिलामा मलेसियामा रहेकै बेला स्रष्टा साधकलाई एकीकृत गर्न अपुरोको पहलमा ‘लघुकथा पाठशाला’ नामक फेसबुक पेज सञ्चालनमा आएको छ । सोही पेजमा प्रकाशन भएकामध्ये उत्कृष्ट लघुकथालाई एकीकृत पारेर तयार गरिएको ‘पाठशालाका लघुकथा–१’ पनि उनको जन्मदिन पारेरै लोकार्पण गरिएको छ । कृतिमा एक सय ३१ लघुकथाकारका कथा सङ्गृहीत रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि लघुकथा समाजका अध्यक्ष श्रीओम रोदनले कृति लोकार्पण गर्दै लघुकथा लेखन पछिल्लो समय समृद्ध हुँदै गएको बताए ।

लघुकथा पाठशाला स्थापनाको छोटो समयमै ऐतिहासिक र अनुकरणीय कार्य गरेको बताए । अतिथि रोदनले लघुकथाको विकासमा अपुरोको योगदान स्तुत्य रहेको स्मरण गरे । कृति र पेजका बारेमा बोल्दै रोदनले लघुकथा पाठशाला एक वर्ष पनि नपुगेको अवस्था निकै सक्रिय पाठशालाकै रुपमा रहेको बताए । उनले लोकार्पित कृतिका रचना र संरचना सबै हिसाबले उत्कृष्ट रहेको बताए । वाचित लघुकथाको समीक्षा गर्दै डा पुष्करराज भट्टले पछिल्लो समय देशमा राजनीतिले बाटो बिराएका परिवेशलाई राजुले कथामा चित्रण गरेको बताए ।

उनले समाजमा व्याप्त दोहोरो चरित्रको अन्य होस् भन्न राजुका कथाले झटारो हानेको धारणा व्यक्त गरे ।
समालोचक असफल गौतमले घरदेशमा मन र परदेशमा ज्यान राखेर साधनामा लाग्ने अपुरोको साधनाबाट घरदेशमा बस्नेहरुले ज्ञान सिक्नुपर्ने धारणा राखे ।

लघुकथा पाठशालाका सन्दर्भमा बोल्दै असफलले पाठशाला पाठशालाले प्रकाशन गरेका कथा अब कृति भएर विश्वविद्यालयका लागि अनुसन्धानात्मक कृति हुने भएकाले पाठशालालाई एउटा विश्वविद्यालयका रुपमा चिनाए ।कार्यक्रमका मुख्य नायक राजु क्षत्री अपुरोले समकालीन समाजलाई चित्रण गरिएका आफ्ना रोजा लघुकथा वाचन गरेका थिए ।

साथै उनले आफ्नो जन्मदिनलाई विशेष उत्सव बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे । कार्यक्रममा गङ्गा दाहाल न्यौपाने, करुणा ढकाल, अवतार ढकाल, हेमलता उप्रेती, अनु विज्ञातिलगायतले आफ्ना मन्तव्य राखेका थिए ।

दुर्गा बनवासी को सभापतित्वमा भएको सो कार्यक्रममा एडमिन शेखर कुमार श्रेष्ठको स्वागत मन्तव्य रहेको थियो। कार्यक्रमलाई पौडेल बिमुन्सले सञ्चालन गरेकी थिइन् ।  उक्त भर्चुअल कार्यक्रमलाई हाम्रो लघुकथा पाठशाला कि सस्थापक एडमिन लता केसिले व्यवस्थापन गरेकि थिइन् ।