तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको खातामा मासिक १ सय रुपैयाँ जम्मा गर्ने

everest kitchen

 

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरूको आर्थिक र सामाजिक सशक्तिकरणका लागि प्रति महिना १ सयका दरले बैंक खातामा रकम जम्मा गर्ने भएको छ।

कार्यपालिकाको ९५ औं बैठकले निर्णय गरे अनुसार २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिका भित्रका हरेक छोरीहरूको बैंक खातामा रकम जम्मा हुने बताएको छ । उपमहानगरपालिकाले कतिपय अभिभावकले ढिला गर्ने गरेको भन्दै ३५ दिन भित्र गरिदिन आग्रह गर्दै अभिभावकले बैंकमा खाता खोलेर खाता नम्वर उपमहानगरपालिकालाई उपलब्ध गराउ समेत अनुरोध गरेको छ ।

कार्यविधिमा उल्लेख भए अनुसार जन्मेको पहिलो महिनामा १ हजार २ सय रुपँया र त्यसपछि हरेक महिना एक सयका दरले खातामा रकम जम्मा गरिने ,साथै बालिका २० वर्ष पुगेपछि मात्रै उक्त रकम निकाल्न मिल्ने व्यवस्था गरिएको छ।

कार्यविधि अनुसार २० वर्ष नपुग्दासम्म विहे नगरेको र अनिवार्यरुपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्नेछ यदि बीचमै विवाह गरेमा या माध्यमिकतहसम्म पढेको नभएमा रकम सरकारी खातामा फिर्ता हुने प्रावधान भएको नगर प्रमुख घनश्याम पाण्डेले बताएका छन् ।