जो बाइडेन अमेरीकाको राष्ट्रपति निर्वाचित, ट्रम्पद्वारा अझै हार अस्वीकार

everest kitchen

अमेरीकाको ४६ औं राष्ट्रपति निर्वाचनमा जो बाइडेन निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी अर्थात बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई स्पष्ट बहुमतका साथ पराजित गरेपनि बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भोट गन्ति गर्दा धाँदली भएको भन्दै आफ्नो हार अस्वीकार गरेका छन् ।
कोरोना महामारीको कारण धेरै भोटहरु हुलाकबाट पठाउने व्यवस्था गरिएकोमा ति भोटहरु गन्ति गर्दा आफ्ना लागि पठाइएको भोट नगनि विपक्षितर्फको भोट मात्र बढी हालेर गनेको उनले दावी गरेका छन् ।
अमेरीकि राष्ट्रपति निर्वाचनमा राष्ट्रपति जो बाइडेन चुनिएसँगै उनले उपराष्ट्रपतिमा पहिलो पटक महिलालाई चुनेका छन् ।
अमेरिकि उपराष्ट्रपति कमला ह्यारिस अस्वेतमात्र होइन उनि आप्रवासी महिला पनि हुन् । उनलाई उपराष्ट्रपति चुनेसँगै अमेरिकामा जो बाइडेनलाई समावेशि कामको सुरुवात गरेकोमा सकारात्मक रुपमा हेरिएको छ ।