सवारी चालकसँग १ मिनेट” अभियान सुरु

everest kitchen
फोटो फाइल

पोखरा । सडक दुर्घटना न्यूनीकरण तथा कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा पोखराले सडक प्रयोगकर्ता चालकहरुसँग १ मिनेट अभियानको सुरुवात गरेको छ ।

दिनप्रति दिन बढ्दो सवारी चाप तथा बढ्दो सवारी दुर्घटनालाई ट्राफिक सचेतना मार्फत न्यूनिकरण गर्ने साथै प्रदेश भरिनै स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य रुपमा पालना गराई संक्रमणलाई फैलन नदिन उक्त अभियानको थालनी गरिएको हो ।

आज गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले पोखराको औद्योगिक क्षेत्र स्थित व्यानरसहित विभिन्न सवारी साधनका चालकहरुसँग ट्राफिक सचेतना तथा कोरोना भाईरसको संक्रमणबाट बच्ने उपायहरु सम्बन्धी १ मिनेट सहजिकरण गरि उक्त अभियानको सुरुवात गरेका छन ।

सोहि अभियान अन्तर्गत गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला ट्राफिक कार्यालयहरुले समेत आजैका दिन देखि जिल्ला अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरि सम्पन्न गर्नेछन् । अभियान बारे बताउँदै गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले उक्त अभियानसंग ट्राफिक प्रहरीको चालकमैत्री व्यवहार एवं कुशल कार्यदक्षता समेत जोडिएकाले यसबारे सन्तोषजनक प्रतिक्रियाहरु आईरहेको बताए ।