नेपालको औपचारिक नाममा कुनै विशेषण जोड्न जरुरी छैन : परराष्ट्रमन्त्री ज्ञवाली

everest kitchen

 

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय नभएको साथै नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताउनुभएको छ ।

मन्त्रीपरिषदको असोज ११ गतेको बैठकले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्दै आएकोमा अब उप्रान्त नेपाल मात्र लेख्ने निर्णय गरेपछि धेरै पार्टी एवं नेताहरुले विरोध जनाईरहेको अवस्थामा संसदको राज्य व्यवस्था समितिमा परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुयो, ‘नेपालको औपचारिक नाम नेपाल नै हो, यसमा कुनै विशेषण जोड्न जरुरी छैन ।’

मन्त्री ज्ञावलीका अनुसार देशको नाम परिर्वतनबारे कुनै निर्णय नभएको र संविधानमा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नभनिएको जानकारी दिनुभयो ।