देशको नाम नेपाल मात्र लेख्ने सरकारको निर्णय कार्यान्वयन नगर्न समितिको निर्देशन

everest kitchen

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपालको नाम अगाडि संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

समितिको बैठकले मुलुकको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल रहेको तर्क गरेको छ।
समितिको निर्णयमा भनिएको छ -मन्त्रिपरिषद्को असोज ११ गतेको निर्णयमा नै मुलुकको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल रहेको स्पष्ट भएकाले उक्त कुरा सच्याएर नेपालमात्रै राख्ने भन्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न निर्देशन दिनेछ ।

समितिले सरकारलाई नाम परिवर्तन गर्नुपर्ने भएमा संसदमा प्रस्ताव ल्याउनसमेत भनेको छ । यधपी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाललाई चिनाउन नामको अगाडि कुनै बिशेषण जोड आवश्यक नरहेको बताएका छन् ।