ओलीका दुतहरुलाई प्रचण्डको जवाफ : कार्यकारी अध्यक्षको हैसियतमा बैठक बोलाउछु

everest kitchen

 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट बोलाउछु (नेकपा) को विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार धाइरहेका छन् ।

खासगरी गत शनिबार अध्यक्ष प्रचण्डसहितका ५ सचिवालय सदस्यले बैठक बोलाउन लिखित पत्र पेश गरेपछि ओलीका दूतहरु खुमटाल धाउन थालेका हुन् । यहीबीचमा ओलीका विश्वासपात्र मानिने महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेता भेट्न खुमलटार पुगेका छन् ।

उनीहरुले अध्यक्षद्धयबीच सहमति कायम गरेर पार्टी एकतालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै आएका छन् । प्रधानमन्त्रीबाट भएका गल्तीहरुको अध्यक्षद्धयबीच समीक्षा हुनुपर्ने समेत उनीहरुको धारणा छ । ‘प्रधानमन्त्रीबाट भएको गल्ती भए पनि तपाईहरुबीच छलफल गर्नुस्, बैठकमै गएर छलफल गर्ने कुराले थप विवाद ल्याउँछ ।’ सोमबार खुमलटार पुगेका पार्टी महासचिव विष्णु पौडेलले प्रचण्डसँग भनेका थिए, ‘दुवै अध्यक्षबीच समझदारी भएपछि बैठक बोलाऔँ, मैले के भूमिका निभाउनुपर्छ, निभाउँछु ।’

तर, प्रचण्डले भने आज खुमलटार पुगेका शंकर पोखरेल र महासचिव पौडेललाई एक्लै छलफल गर्नुको अर्थ नभएको जवाफ दिएका छन् । सबै सल्लाहरु एक्लै भन्दा पनि सचिवालयका सदस्यहरुबीचमा नै छलफल गर्ने गरी तयारी थाल्न महासचिवलाई निर्देशन समेत दिएका छन् ।

‘कार्यकारी अध्यक्षको हैसियतमा मैले एक्लै बैठक बोलाउन पनि सक्छु, गत २६ गतेको स्थायी कमिटी बैठकको निर्णय पनि त्यही हो । फेरि हामीले बैठक बोलाउने माग गरेर पत्र बुझाएका होइनौं, सहमतिका लागि अनुरोध गरेका हौं र दुई दिनको समय त्यतिखेरै दिइएको छ,’ प्रचण्डले उनीहरुसँग भनेका छन्, ‘‘त्यसैले प्रधानमन्त्रीलाई जतिसक्दो छिटो बैठक बोलाउनका लागि सहमति जनाउन आग्रह गर्नुस् । त्यसो नभए म बैठक बोलाउँछु ।’नेटवर्क