संगितकार ऋषि रानाको “क्यारी फर्कौं नेपाल” सार्वजनिक (भिडियो )

everest kitchen

काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ । यसै विच नेपाली लोकभाका सारथि एवम् संगितकार ऋषि रानाले ` क्यारी फर्कौं नेपाल’ बोल रहेको लोकगित बजारमा ल्याएका छन् ।
बिशेष गरि प्रदेशमा रहने नेपालिहरुको मर्मलाई समेटि कोरोना महामारी पछिको प्रदेशी जिबनको मर्म र भावना दुबै समेटीएको उक्त लोकगितको म्युजिक भिडियो सोमबार सार्वजनिक गरेका हुन् ।

पर्वतको लिमिठाना मा जन्मिएर पर्देस मै रहेका नब कलाकार गायक अच्युत राज रेग्मी तथा गायिका कोपिला मगरको सुमधुर आवाजमा रहेको उक्त गितमा मान बहादुर बराल मगरको मिक्सिङ्ग तथा एरेन्जेर तेजेन्द्र दुर्गाले गरेका छन्।निशान एस के द्वारा निर्देशित म्युजिक भिडियो लेकाली रेकर्डिङ स्टुडियोले रेकर्ड गरेको हो । नृत्य तथा अभिनयमा :आयुष,पवित्रा,अर्जुन पन्त,आर्यन र सरिता रहेका छन् ।