मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी

everest kitchen
फोटो फाइल

काठमाडौं । यो वर्षको २६ औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सन २०२० को लागि मिस नेपाल छनोट कार्यक्रम तय भएको हो ।

हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।

गएको बर्ष मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी थिईन । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । यस्तै गत बर्ष ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीको पोल्टामा गएको छ । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतको पोल्टामा जादा ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन् ।