सुनिता र सविना असाध्यै मिल्ने गायिका (भिडियो )

everest kitchen

काठमाडौं । गायिका सुनिता संयक लिम्बू र सविना योङ्ह्याङ दुबै जना पेसाले गायिका हुन । यी दुई उमेरले केहि अन्तर रहेपनि एकअर्काका मिल्ने साथि हुन । काठमाडौ र गाउँमा भेट्दा दुबैजना संगै बस्ने गर्छन् ।

सुनिता केहि समय अघि सम्पन्न अनलाइन पा:लाम गायन प्रतियोगिताको सेकेन्ड रनरअप बिजेता हुन भने उनी नेपाल आइडलको थियटर राउन्ड सम्मको प्रतिस्पर्धी पनि हुन । सानै उमेर देखि गायनमा रुचि राख्ने उनी सांगीतिक क्षेत्रमा अगाडि बढ्ने क्रममा छिन् उनले थुप्रै गीतमा स्वर पनि भरेकी छन् । उनलाई थुप्रै गीतहरूको अफर अाउने गरेको र गीतको अफर अनि गीत रेकर्ड गर्ने भएपछि काठमाडौं आउने गरेको उनी बताउछिन् ।

त्यस्तै सविना पनि सानै देखि गायनमा रुचि राखेको बताउँछन् । उनी अझ‌ै पनि उमेरले भर्खरैकी छिन् । नेपाल आइडल सिजन तीनको टप १८ सम्मको प्रतिस्पर्धीको रुपमा आएकी उनले हाल थुप्रै गीतहरुमा स्वर भरि सकेकी छन् । उनी भन्छिन् “आइडल बन्न नसके पनि सन्तोषजनक रुपमा गीतमा काम गर्न पाई रहेको छु ।

यी गायिकाहरु संगको अनौपचारिक भेटको क्रममा हिमाल टाइम्सकर्मीले हिमाल टाईम्सका लागि गरेको रमाइलो कुराकानी र गायिकाहरुको मिठो स्वरसहितको भिडियो यहाँ :