सुर्खेत र कैलाली जिल्ला जोड्ने दुई पक्की पुल

everest kitchen

दाङ । सुर्खेत र कैलाली जिल्ला जोड्ने पक्की पुल निर्माणले तीव्रता पाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका राजधानी रहेका यी दुई जिल्लालाई सडक सञ्जालमा जोड्न कर्णाली नदीमा पक्की पुल निर्माण थालिएको हो ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–११ स्थित तातोपानी र कैलालीको मोहन्याल गाउँपालिकाको कुइने तथा चौकुनेको घाटगाउँ–सोल्टा÷बडीगाउँमा पुल निर्माण थालिएको छ । वर्षौँदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका यस भेगका बासिन्दा पुल निर्माणले उत्साही भएका छन् । पुल निर्माण सम्पन्न भएपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका राजधानीमा आउजाउ गर्न यही बाटो प्रयोगमा आउनेछ ।

पुल निर्माणपछि सुर्खेतबाट कैलाली–चिसापानी पुग्न रत्न राजमार्ग हुँदै पूर्वपश्चिम राजमार्गको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्नेछ । यसबाट ५२ किलोमिटर यात्रा छोटो स्थानीयावासी बताउँछन् ।