गौतम अब मन्त्री बन्न पाउने

everest kitchen

 

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम मन्त्री बन्न सक्ने भएका छन् । आज बुधबार संवैधानिक इजलासले मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश अस्विकार गरेको छ । यससँगै गौतमको मन्त्री बन्ने बाटो खुलेको हो ।

यसअिघ वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बदर गर्न, उनलाई मन्त्री बनाउनबाट रोक्न र राष्ट्रिय सभामा गरिने नियुक्तिको मापदण्ड बनाउने आदेश दिन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयविरूद्ध परेको रिट आजको संवैधानिक इजलासमा तोकिएको थियो ।