तिहार र छठपछि काठमाडौं उपत्यकामा लकडाउनको तयारी

everest kitchen

 

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको संक्रमण तिब्ररुपमा बढेपछि यसलाई नियन्त्रण र व्यवस्थापनको लागि तिहार र छठपछि लकडाउन हुने सभ्मावना बढेर गएको मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिएका छन ।

‘अहिले नै निर्णय त भएको छैन तर, कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरी टेष्टको दायरा अझै फराकिलो बनाउने जस्ता विषयमा पनि छलफल भएको छ’। उनले भने ।

उपत्यका नगरपालिका फोरमका सचिव समेत रहनु भएका श्रेष्ठले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक समेत रहेका उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी–सदस्यबीच बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबार भएको छलफलको क्रममा कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा समेत छलफल भएको समेत जानकारी दिए ।