अरुको उपचार गर्न लागेको ४० बर्ष भयो तर अहिलेसम्म अस्पतालको मुख देखेको छैन : ७६ वर्षीय मास्टर बाजे

everest kitchen

रुकुम । मास्टर बाजे अर्थात रुप बहादुर बुढा मगर उमेरले ७६ बर्षका भए । उमेर बढेपनि मनमा जोस जांगर र उमंग ताजै छ । अहिलेसम्म खासै अस्पतालको मुखै नदेखेका उनले सर्पको टोकाईको उपचार , बांझोपनाको उपचार , लगायत गाउँलेका विभिन्न स्वास्थ समस्यालाई झारफुक र जडिबुटी उपचार पद्धतिबाट उपचार गर्छन् ।

उनको उपचार बिधि र कार्यले गाउँलेलाइ मात्रै हैन अन्य छिमेकी जिल्ला र टाढा-टाढाबाट आउनेले पनि विश्वास गर्छन् । रुकुम पश्चिम त्रिवेणी गाउँपालिका -४ स्थित डलसिङ्गे भन्ने स्थानमा उनी बस्छन् । उक्त स्थान रुकुम (पश्चिम), रोल्पा र सल्यानबाट नजिक पर्ने भएकोले ती जिल्लाका स्थानीयहरु प्राय उनका सेवाग्राही हुन्छन् । त्यसबाहेक धादिङ , काठमाडौं, गोरखा लगायतका जिल्लाबाट पनि उनी कहाँ उपचार गर्न आउने उनी बताउँछन ।

उतीबेला कक्षा आठ पास गरेर गाउँमा मास्टर बनेका उनले ११ बर्षसम्म अध्यापन गराइसकेपछि मास्टर जागिर छोडेर जडिबुटी उपचार, झारफुक उपचार र घडी रेडियो मर्मतको काम सिकेर उनी यो पेसामा आएको पनि करिब ४ दशक भयो । काम र कमाईको हिसाबमा उनी सन्तोष छन् । अझैपनि उनी मासिक ५० हजारबढी आम्दानी यहीँ पेसाबाट गर्छन् । यो पेसाले उनले आफ्ना सेवाग्राहीलाई सन्तोष पनि पार्न सकेका छन् ।

उपचार गरेबापत उनी पैसा तोकेर लिदैनन । उनी भुतप्रेतमा मात्रै विश्वास गर्न नहुने भन्दै जडिबुटी उपचार बिधिको अध्यन र जडिबुटी र त्यसको विशेषता पहिचान मा पनि सधै लागिरहेको बताउँछन् । आफुले उपचार गर्दा झारफुक र जडिबुटीबाट एकैसाथ उपचार गर्ने हुदा बिरामी निको पार्न सकेको उनी बताउँछन् । उनै मास्टर बाजे अर्थात रुप बहादुर बुढासंग हिमाल टाईम्सकर्मी विपेन उलङगेले अनौपचारिक भेटमा गरेको दृश्यसहितको कुराकानी यहाँ प्रस्तुत छ :